अन्तराष्ट्रिय वादोकप कराते प्रतियोगिता सम्पन्न

NEPAL 04/06/2020
अन्तराष्ट्रिय वादोकप कराते प्रतियोगिता सम्पन्न !
दोस्रो अन्तराष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदक सहित चौथो स्थान हाँसिल गरेको छ । अन्तराष्ट्रिय वादोकाइ एकेडेमीले जुन १ तारिख देखी १० तारिख सम्म आयोजना गरेको भर्चुअल प्रतिस्पर्धामा नेपालले चौथो स्थान हाँसिल गरेको हो ।
सो प्रतियोगिता विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारणले भौतिक रुपमा टाढा रहेर पनि प्रबिधिको माध्यमबाट एकताबद्ध हुन र खेलकुदलाई निरन्तरता दिन “We are far but united” भन्ने मूल नाराका साथ आयोेजना गरिएको हो ।
सो प्रतियोगितामा नेपालले ९ वटा रजत पदक र ११ वटा कास्य पदक पनि हात पारेको थियो । उक्त प्रतियोगिता काता र कुमुते गरी दुई विधामा प्रतिस्पर्धामा गरिएको थियो ।
सो प्रतियोगितामा सबिना श्रेष्ठले सिनियर, जिया कार्कीले क्यडेट र वर्षा बुढामगरले जुनियर तर्फ दोहोरो स्वर्ण पदक हासिल गरेकी छिन् । अन्य खेलाडीहरुमा मौसम बुढामगरले क्याडेटको कातामा, अंकित गुरुङ्गले सिनियर तर्फ कुमुतेमा र साहिल घलेले क्याडेट तर्फ कुमुतेमा स्वर्ण पदक हासिल गरेका छन् ।
रजत पदक हासिल गर्ने खेलाडीहरुमा अनिल उपरकोटीे, प्रजवल गुरुङ्ग, बरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजबाहाक, दिव्या गौतम, शोनि राई रहेका छन् भने कास्य पदक हासिल गर्ने खेलाडीहरुमा जोन तामाङ्ग, सुलभ राजबाहाक, सुरज राजबाहाक, रोसन तामाङ्ग, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ता श्रेष्ठ र ममता मर्हजन रहेका छन् ।
दश दिने प्रतियोगतिामा नेपाल सहित बिभिन्न राष्ट्रहरु ब्राजिल, क्युबा, इटाली, फ्रान्स,मारोक्को, बास्निया, इस्कोजिया, अलजेरिया, न्यूजरल्यण्ड र प्यलेस्टाइनका गरी जम्मा ३१० जना खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।
सो प्रतियोगितामा ईन्टरनेशनल वादोकाई एकेडेमी नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन, महासचिब बिकाश राजबाहाक र प्रशिक्षक गोबिन्द श्रेष्ठले रेफ्रीको भुमिका निर्वाह गर्नु भएको थियो ।